दाङ – घोराही उपमहानगरपालिका-१० गलौरा चोकमा मोटरसाइकल र जिप एक-आपसमा ठक्कीदा एक जनाकाे मृत्यु भएकाे छ ।
घोराही उपमहानगरपालिका-१० गलौरा चोकमा रा.५ प ३६८८ नम्बरको मोटरसाइकल र ना.३ च ५९४५ नम्बरको जिप एक-आपसमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक घोराही-१५ बस्ने ३० वर्षीय सनुत राहुमगरको मृत्यु भएको हाे ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १३ वर्षीय हक्कि पुनको सोही अस्पतालमा उपचार भइरहेको छ ।
जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया