गृहमन्त्री थापाले सार्वजनिक गरे ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना

गृहमन्त्री थापाले सार्वजनिक गरे ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना


काठमाडौं – गृहमन्त्री रामबहादुर थापा बादलले ८२ बुँदे गृह प्रशासन सुधार कार्य योजना सार्वजनिक गरेका छन् । सोमबार मन्त्रालयमै सुरक्षा निकायका प्रमुखहरुसहित एक समारोहको आयोजना गरी गृहमन्त्री बादलले कार्ययोजना सार्वजनिक गरेका हुन् ।

कार्य योजनामा हरेक स्थानीय तहमा एउटा सुरक्षा पोष्ट स्थापना गर्ने, निजामति र प्रहरीतर्फको जनशक्ति व्यवस्थापन तथा सेवा प्रभावकारी बनाउने, सुरक्षा निकायलाई सूचना प्रविधिमैत्री बनाउने, विपद् व्यवस्थापनका लागि छुट्टै प्राधिकरण स्थापना गर्न पहल गर्ने र सुशासन प्रबर्द्धन गर्ने उल्लेख छ ।

साथै, ड्रोनको प्रयोग गरेर अब सीमा क्षेत्रको निगरानी गरिने समेत उल्लेख गरिएको छ । ‘भारततर्फ एकरएक किलोमिटरमा सुरक्षागढ राखिएका छन्’, गृहमन्त्रीले कार्ययोजना सार्वजनिक गर्दै भनेका छन्, ‘नेपालतर्फ २५ किलोमिटरको दुरीमा सुरक्षा पोष्ट छन् । यो दूरीलाई कम गर्न जनशक्तिको पनि अभाव छ । त्यसलाई परिपूर्ति गर्न अब ड्रोनको प्रयोग गर्नेछौं ।’