अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि जग्गा अवलोकन गर्न धुर्मुस भैरहवामा

अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि जग्गा अवलोकन गर्न धुर्मुस भैरहवामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि जग्गा अवलोकन गर्न कलाकार सिताराम कट्टेल (धुर्मुस) सहितको टोली भैरहवा गएको छ । कलाकारहरु मनोज गजुरेल, कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे), गायक प्रमोद खरेल र प्राविधिकहरुको टोली लिएर उनी विभिन्न स्थानमा प्रस्तावित जग्गाहरुको सम्भाव्यता अध्ययन गर्ने भैरहवा गएका हुन् ।

टोलीले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले प्रस्ताव गरेको जग्गा, सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्कीले उपलब्ध गराउन तयार रहेको जग्गाको अवलोकन गर्नेछन् ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि सम्भावित केही स्थानहरुको अध्ययन अवलोकन पश्चात कुन जिल्लाको कुन स्थानमा रंगशाला निर्माण गर्ने कट्टेलले बताए ।