मन्त्री पुन थाइल्याण्ड प्रस्थान

मन्त्री पुन थाइल्याण्ड प्रस्थान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- एसिया प्रशान्त क्षेत्रको ऊर्जासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन आज थाइल्याण्ड प्रस्थान गरेका छन् ।

सम्मेलन मंगलबार र बुधबार चल्नेछ । सम्मेलनमा मन्त्री पुनले नेपालको ऊर्जाको पछिल्लो अवस्था र सरकारले चालेको कदमकाबारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको ऊर्जा मन्त्रीका सचिवालयले जनाएको छ ।

मन्त्री पुनले सम्मेलनमा ऊर्जाको सुरक्षा, चुनौती र सम्भावना तथा सरकारले अघि सार्न लागेका योजना र वैदेशिक सहयोग तथा लगानीका विषयमा सम्बोधन गर्दै नेपालमा लगानीका लागि आग्रह गर्ने कार्यक्रम रहेको जनाएको छ ।

मन्त्री पुनसँग ऊर्जा मन्त्रालयका सहसचिव प्रविणराज अर्यालसमेत थाइल्याण्ड प्रस्थान गरेका छन् ।

उक्त सम्मेलन यसअघि सन् २०१३ मा रसियामा सम्पन्न भएको थियो । मन्त्री पुन यही चैत २३ गते स्वदेश फर्कने कार्यक्रम छ ।
रासस