काठमाडौं – टोखा नगरपालिका र सुनसरीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । टोखा नगरपालिका-१ पञ्चेटारमा बा.९१ प ११८८ र बा.८५ प ५६६ नम्बरको मोटरसाइकल आइतबार बिहान एकआपसमा ठक्कर खाँदा पछाडिबाट आउँदै गरेको प्रदेश नम्बर ३-०२-००१ प २२०० नम्बरको मोटरसाइकल समेत अनियन्त्रित भई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका बा.९१ प ११८८ नम्बरको मोटरसाइकल चालक सोही ठाउँ बस्ने २२ वर्षीय मनोज दुलाल र बा.८५ प ५६६ नम्बरको मोटरसाइकल चालक पासाङ तामाङको त्रि.वि. शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकामध्ये २ जनाको ग्रिनसिटी अस्पताल र १ जनाको ग्राण्डी अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको छ । ३ वटै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनसरी, हरिनगरा गाउँपालिका-७ कबिलासामा को.२ प ८८४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा चालक देवानगञ्ज गाउँपालिका-२ बस्ने २५ वर्षीय सजिम अंसारीको मृत्यु भएको छ । दुर्घटनामा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनको बिराटनगर गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया