चिकित्सा शिक्षा अध्यादेश बहुमतले पारित

चिकित्सा शिक्षा अध्यादेश बहुमतले पारित


काठमाडाैँ – प्रतिनिधिसभाले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश पास गरेको छ । सोमबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अध्यादेश निर्णयार्थ पेश गरेका थिए, जसलाई बहुमतले पास गरेको छ । त्यसअघि नेमकिपाका सांसद प्रेम सुवालको संशोधन बहुमतले अस्वीकृत भएको थियो ।

सुवालले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पोखरेलले प्रतिस्थापन विधेयक ल्याउन उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न लगाइएको प्रतिबन्धबारे छलफल गर्ने आश्वासन दिएका छन् । सोमबार मन्त्रिपरिषद् बैठकले प्रतिस्थापन विधेयक ल्याउने निर्णय गरिसकेको छ ।