प्रधानमन्त्रीको भारत भ्रमणमा नयाँ सम्झौता हुँदैनन् : अध्यक्ष प्रचण्ड

प्रधानमन्त्रीको भारत भ्रमणमा नयाँ सम्झौता हुँदैनन् : अध्यक्ष प्रचण्ड


चितवन– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा नयाँ र महत्वपूर्ण विषयहरुमा छलफल र सम्झौता नहुने बताएका छन् ।

बखान सहकारी संस्था लि. चितवनको बखान राष्ट्रिय सहकारी संग्रहालयको शिलान्यास गर्न चितवन पुगेका उनले भारतीय मिडियाहरुमा आएजस्तो महाकाली सन्धि र अन्य नयाँ कुनै पनि विषयमा सम्झौता नहुने बताएका हुन् ।

भ्रमण दुई देश बीचको मित्रता सम्बन्ध सुधारका लागि मात्र सीमित हुने भन्दै प्रचण्डले भने ‘भ्रमण दुई देशीय सम्बन्धमा केन्द्रित हुन्छ’ । उनले बाहिर मिडियामा आएजस्तो एमाले र माओवादीबीच पार्टी एकतामा कुनै विवाद नरहेको बताए । उनले भने, “बैशाख ९ गते दुई पार्टीको बीचमा एकता हुदैँछ, बाहिर आएजस्तो विवाद छैन, पार्टी एकता प्रतिशतका आधारमा हुदैँन, सिद्धान्तका आधारमा हुन्छ । तर, सम्मानजक एकता हुन्छ ।”

एकता संयोजन समितिको प्रतिवेदन आउन केही ढिला भएका कारण घोषणा गर्न ढिला भएको उहाँले बताउनु भयो । मंगलबार साँझसम्म प्रतिवेदन शीर्ष नेताले प्राप्त गर्ने पनि अध्यक्ष प्रचण्डले जानकारी दिए ।