एमाले-माअोवादी एकता संयोजनको बैठक शुरु, तीन विषयमा होला त सहमति?

एमाले-माअोवादी एकता संयोजनको बैठक शुरु, तीन विषयमा होला त सहमति?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– एमाले र माओवादी केन्द्रको पार्टी एकताको लागि एकता संयोजन समितिको बैठक बालुवाटारमा सुरु भएको छ । दुवै पार्टीबाट सहभागिताको अनुपात, चुनाव चिह्न र जनयुद्ध शब्दका विषयमा टुङ्गो लगाउन समितिको बैठकमा दुवै पार्टीका शीर्ष नेता सहभागी छन् ।

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणअधि नै एकता गर्ने  भनिएपनि माथिका विषयमा सहमति हुन नसक्दा एकता प्रयास सफल हुन सकेको  थिएन । माअोवादी केन्द्रका अध्यक्षले पनि प्रधानमन्त्री अोलीको भारत भ्रमणपछि नै सहमति हुने धारणाा सार्वजनिक गरिसेका छन‍् ।

कम्युनिष्ट पार्टी स्थापना दिवस अर्थात २२ अप्रिलमा दुई दलले पार्टी एकता घोषणासभा गर्ने जनाएका छन् ।

माअोवादी केन्द्रको मागलाई एमाले मान्न तयार छैन । अहिले विधानको प्रस्तावनामा  ‘जनआन्दोलन र जनक्रान्तिका उपलब्धि’ लेखिएको ठाउँमा माअोवादी केन्द्रले ‘जनयुद्ध’ राख्नुपर्ने माग गरेको छ भने एमालेले ‘जनक्रान्ति’ र माओवादी ‘जनयुद्ध’ शब्द नै राख्नुपर्ने अडान लिएको छ ।

कार्यदलले २ सय ९९ सदस्यीय केन्द्रीय कमिटि बनाउने सहमति गरेपनि दुई पार्टीबाट कति–कति प्रतिशत अनुपातमा सहभागिता रहने भन्ने विषयमा कुरा अड्किएको छ ।

चुनाव चिन्हलाई लिएर पनि दुई दलविच सहमति हुन सकेको छैन । एमाले सूर्य चिन्हकै पक्षमा छ भने माओवादीले सूर्यभित्र हँसिया–हथौडा राखेर चुनाव चिह्न बनाउनुपर्ने माग गरेको छ ।

दुई दलवीच चुनाव चिह्नको पनि विवाद छ । । माओवादी सूर्यभित्र हँसिया–हथौडा राखेर चुनाव चिह्न बनाउनुपर्ने अडानमा छ ।

समितिको आजको बैठकमा यी विषयमा  गम्भिर छलफल हुने अनुमान गरिएको छ ।