एमाले-माअोवादी एकता संयोजनको बैठकः कार्यदलले आफ्नो प्रतिवेदन बुझायो, विवादित विषयमा छलफल हुन सकेन

एमाले-माअोवादी एकता संयोजनको बैठकः कार्यदलले आफ्नो प्रतिवेदन बुझायो, विवादित विषयमा छलफल हुन सकेन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं-  एमाले र माओवादी केन्द्रको पार्टी एकताको लागि बालुवाटारमा बसेको एकता संयोजन समितिको बैठक विना छलफल सकिएको छ ।

समितिको बैठकमा टुंगो लगाउने बाँकी विषयमा छलफल हुने भनिएपनि कुनै विषयमा छलफल नभएको संयोजन समितिका सदस्य तथा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताएका छन् । तथापि आजको बैठकमा राजनीतिक र सांगठनिक तथा विधान कार्यदलले आफ्ना प्रतिवेदन बुझाएको छ ।

पार्टी एकताका विषयमा शिर्ष नेताहरु कुनै टुङंगाेमा नपुगेको उनले बताए ।

दुवै पार्टीबाट सहभागिताको अनुपात, चुनाव चिह्न र जनयुद्ध शब्दका विषयमा टुङ्गो लगाउन समितिको बैठकमा दुवै पार्टीका शीर्ष नेता सहभागी थिए ।

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणअधि नै एकता गर्ने  भनिएपनि माथिका विषयमा सहमति हुन नसक्दा एकता प्रयास सफल हुन सकेको  थिएन । माअोवादी केन्द्रका अध्यक्षले पनि प्रधानमन्त्री अोलीको भारत भ्रमणपछि नै सहमति हुने धारणाा सार्वजनिक गरिसेका छन‍् ।

कम्युनिष्ट पार्टी स्थापना दिवस अर्थात २२ अप्रिलमा दुई दलले पार्टी एकता घोषणासभा गर्ने जनाएका छन् ।

आजको बैठकमा पनि सोही सुझाव सहभागीहरुले दिएका थिए ।

अहिले विधानको प्रस्तावनामा ‘जनआन्दोलन र जनक्रान्तिका उपलब्धि’ लेखिएको ठाउँमा माअोवादी केन्द्रले ‘जनयुद्ध’ राख्नुपर्ने माग गरेको छ भने एमालेले ‘जनक्रान्ति’ र माओवादी ‘जनयुद्ध’ शब्द नै राख्नुपर्ने अडान लिएको छ ।

कार्यदलले २ सय ९९ सदस्यीय केन्द्रीय कमिटि बनाउने सहमति गरेपनि दुई पार्टीबाट कति–कति प्रतिशत अनुपातमा सहभागिता रहने भन्ने विषयमा कुरा अड्किएको छ ।

चुनाव चिन्हलाई लिएर पनि दुई दलविच सहमति हुन सकेको छैन । एमाले सूर्य चिन्हकै पक्षमा छ भने माओवादीले सूर्यभित्र हँसिया–हथौडा राखेर चुनाव चिह्न बनाउनुपर्ने माग गरेको छ ।

दुई दलवीच चुनाव चिह्नको पनि विवाद छ । । माओवादी सूर्यभित्र हँसिया–हथौडा राखेर चुनाव चिह्न बनाउनुपर्ने अडानमा छ ।