चीनसंग सीमा जोडिएको मुस्ताङको नेचुंगमा सशस्त्रको बिओपी स्थापना

चीनसंग सीमा जोडिएको मुस्ताङको नेचुंगमा सशस्त्रको बिओपी स्थापना


मुस्ताङ– सरकारले चीनसंग सीमा जोडिएको मुस्ताङमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरेको छ ।गृहमन्त्रालयको निर्देशनपछि सशस्त्रले चीनको कोरोलो जाने नाका नजिकरहेको नेचुंगमा बिहिवार बिओपी स्थापना गरेको हो । उक्त विओपीको सशस्त्र प्रहरीका एआईजी नारायणबावु थापा र प्रदेशसभा सांसद इन्द्रधर विष्टले उद्घाटन गरेका छन् ।

यसअघि सरकारले भारतसंग सीमा जोडिएको दार्चुलाको छांगरुमा सशस्त्र प्रहरीको बिओपी स्थापना गरेको थियो ।