डिजिटल माध्यमबाट सार्वजनिक भयो नयाँ सेनेटरी प्याड ब्रान्ड ‘प्याडिलक्स’

डिजिटल माध्यमबाट सार्वजनिक भयो नयाँ सेनेटरी प्याड ब्रान्ड ‘प्याडिलक्स’


काठमाडौं– नेपाल लगायत पूरै विश्व कोरोनाको प्रभावमा जकडिएकै समयमा अन्तर्राष्ट्रिय महिनावारी स्वास्थ्य दिवसको अवसर पारेर हेल्थ एन्ड हाईजिन प्रडक्ट प्रा. लि.ले नेपालमा नयाँ सेनेटरी प्याड ब्रान्ड ‘प्याडिलक्स’ सार्वजनिक गरेको छ ।

नेपाली मार्केटिङ एन्ड एड्भरटाइजिङको इतिहासमै पहिलो पटक र त्यो पनि सरकारले जारी गरेको सुरक्षा निर्देशन र लकडाउनको पूर्ण पालना गरी अनलाइन माध्यमबाट बिहीबार पूर्ण रुपमा नयाँ ब्रान्ड सार्वजनिक गरिएको हो ।

मिस नेपाल २०१८ तथा महिला स्वास्थ्यकी अभियेन्ता श्रृंखला खतिवडाले बिहीबार आफ्नै घरबाट प्याडिलक्स ब्रान्डका सेनेटरी प्याड सार्वजनिक गरे । ‘मलाई विश्वास छ, प्याडिलक्स एउटा अर्को सेनेटरी ब्रान्डमा मात्र सीमित हुनेछैन । यो ब्रान्डले नेपालमा महिनावारीलाई हेरिने रवैयालाई परिवर्तन गर्ने एउटा बुलन्द आवाजको नेतृत्व गर्नेछ,’ प्याडिलक्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिएको समारोहमा श्रृंखला खतिवडाले भनिन् ।

महिनावारीको समयमा महिलालाई सुख्खापनको अनुभुति दिलाउने उद्देश्यले प्याडिलक्स सेनेटरी प्याडको डिजाइन गरिएको छ । यी प्याडहरुको उत्पादन मोरङ, कठारीस्थित कम्पनीको विश्वस्तीय प्लान्टमा सर्वोत्कृष्ट कच्चा पदार्थ, प्रविधि र प्याकेजिङबाट गरिन्छ । प्याडिलक्सले भारी बहावमा समेत सुख्खापनको अनुभव दिलाउनुका साथै शत प्रतिशत सुरक्षा प्रत्याभुत गर्छ ।

‘आजको दिनमा पनि महिनावारी प्रक्रियालाई असामान्य र फोहोरको रुपमा लिइन्छ । यस्तो सोचलाई अब तोड्ने बेला भएको छ । यो हाम्रो लागि व्यवसाय मात्र होइन, महिला स्वास्थ्यको हितका लागि हाम्रो अभियान हो । त्यसैले, प्याडिलक्सलाई सार्वजनिक पाउँदा हामी निकै उत्साहित छौं,’ हेल्थ एन्ड हाईजिन प्रडक्ट प्रा. लि.का प्रमुख कार्यकारी अधिकृत राकेश लाहोतीले भने, ‘हामी नेपाली बजारमा थोरै पैसामा सर्वोत्कृष्ट कच्चा पदार्थबाट निर्मित विश्वस्तरीय सेनेटरी प्याड उपलब्ध गराउन प्रतिबद्ध छौं । हामीलाई आशा छ, हाम्रा उत्पादनले भारत र चीन लगायतका मुलुकबाट हुने महँगा प्याडको आयातलाई घटाउनेछ ।’

प्याडिलक्समा उच्च गुणस्तरको ‘जेल’, नरम र मुलायम सामग्री तथा चुहावट रोक्न ‘विंग्स’ प्रयोग गरिएको छ । यसले सहज र सदा ताजगीपनको आभाष दिलाउँछ । यसको ‘एन्टि–लक कोर’ले तरल पदार्थलाई ‘लक’ गर्नुका साथै छालालाई चिरचिरापन र जलनबाट बचाउँछ ।

बजारमा प्याडिलक्स ‘प्याडिलक्स अल्ट्रा’, ‘प्याडिलक्स कम्फर्ट’ र ‘प्याडिलक्स रेगुलर’ गरी तीन भेरियन्टमा उपलब्ध छ । २४० एमएम, २८० एमएम र ३२० एमएम गरी तीन वटा साइजमा पाइने प्याडिलक्सको बजार मूल्य रु ४० देखि रु १०० सम्म तोकिएको छ ।  हेल्थ एन्ड हाईजिन प्रडक्ट प्रा. लि.ले निकट भविष्यमा नेपाली बजारका लागि ‘एडल्ट डाइपर’, ‘पेन्टीलाइनर’ र ‘वेट्–वाइप’ पनि ल्याउने घोषणा गरेको छ ।