सिन्डिकेटविरुद्ध साझा यातायातले रत्नपार्कदेखि बनेपासम्म आजैदेखि सेवा दिने

सिन्डिकेटविरुद्ध साझा यातायातले रत्नपार्कदेखि बनेपासम्म आजैदेखि सेवा दिने


काठमाडौं – अरनिको राजमार्गका ११ वटा समितिले सेवा अवरुद्ध गरेका बेला साझा यातायातले समस्या समाधान गर्ने गरि तत्कालका लागि रत्नपार्क देखि वनेपासम्म वस सेवा विस्तार गरिएको  छ ।

सिण्डीकेटको पक्षमा रहेका यातायात व्यवसायीले कोटेश्वर पूर्वका सार्वजनिक सवारी साधन रोकेका छन् । मयुर यातायातले धुलिखेलसम्मको रुट इजाजत पाएपछि अन्य यातायात व्यवसायी विरोधमा उत्रेका थिए । काभ्रेका यात्रुहरुलाई पर्न गएको असुविधालाई ध्यानमा राखेर रत्नपार्कबाट बनेपासम्म तत्कालका लागि सेवा विस्तार गरिएको साझाले जनाएको छ । आफ्नो एकाताधिकार तोडिएपछि ११ वटा समितिले बुधबार बस चलाएका छैनन् ।

साझाले १६ वस बनेपासम्म सञ्चालन गर्न लागेको लेखा अधिकृत गोपाल प्रसाद पन्तले वताए । विहिवारदेखि धुलिखेलसम्म साझाका वसहरु चल्ने उनले वताए ।