रामचन्द्रको मानसरोवर यात्रा

रामचन्द्रको मानसरोवर यात्रा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  -नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल एकपछि अर्को गर्दै राजनीतिमा असफलता हात लागेपछि मुडफ्रेस गर्न मानसरोवरतिर लागेका छन् । पार्टीको महाधिवेशन, भातृ.संस्था नेविसंघ र महिला संघको महाधिवेशनमा एकपछि अर्को गर्दै  आपूm र आफ्नो प्यानलको लज्जास्पद पराजयपछि निरास भएका पौडेल अन्ततः धार्मिक यात्राका लागि एक्कासि मानसरोवर गएका हुन् ।

गत भदौ मसान्तमा सम्पन्न महिला संघको ५६ सदस्यीय केन्द्रीय समितिको निर्वाचनमा तेस्रो शक्तिको रूपमा देखिएको कृष्णप्रसाद सिटौलासँगको गठबन्धनमा देउवा प्यानलले ५५ स्थान कब्जा जमाएपछि पौडेल बिरक्तिएका थिए। महिला संघको महाधिवेशनमा पौडेल प्यानलबाट केन्द्रीय सदस्यमा पूर्वसभासद् कल्याणी रिजालले मात्र विजय हासिल गरेपछि पौडेल अन्ततः पार्टी सभापति शेरबहादुर देउवासँग समर्पण गर्न गएका थिए । तर, पौडेलले विगतमा आफूलाई गम्भीर धोका दिएको भन्दै देउवाले शरणमा आएका पौडेललाई नपत्याएपछि उनी सम्भावित डिप्रेसनबाट बच्न मानसरोवर लागेको पारिवारिक स्रोतको दाबी छ । गत साता देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका पौडेलले  ‘अब तपाईं र म मिलेर जानुपर्छ, धोकेबाजहरूलाई विश्वास नगर्नुस, तरुण दलमा कुनै हैसियत नै नभएका सिटौला (कृष्णप्रसाद सिटौला)हरूलाई किन अनावश्यक स्थान दिनु हुन्छ’ भन्दै गुनासो गरेका थिए ।

देउवाको कुनै प्रतिक्रिय नसुनी फटाफट बोलिरहेका पौडेलले अब तरुण दलमा आफूलाई महामन्त्री दिएमा तपाईंलाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेका थिए । पौडेलले धोकेवाजलाई प्राथमिकता नदिनुस् भनेपछि देउवाले को–को हुन तपाईंलाई धोका दिने भनेर सोधेका थिए । बुढानिलकण्ठनिकट स्रोतका अनुसार देउवाको प्रश्नको जवाफमा पौडेलले भनेका थिए –‘को हुनु नि तिनै सिटौलाजीहरू त हो नि ।’ त्यसपछि देउवाले भनेका थिए –‘रामचन्द्रजी धोका त तपाईंले पनि मलाई दिनुभएको थियो नि २०५९ साल असारमा बिर्सनु भयो ।’ देउवाको जवाफबाट सहयोगको आशाले बुढानिलकण्ठ गएका पौडेल भेटबाट पनि कुनै उपलब्धि हुने नदेखेपछि झन निरास भए। दिउँसो पत्रकार हरिहर विरहीको पुस्तक विमोचनमा कार्यक्रममार्फत देउवालाई सहयोग गर्ने घोषणा गरे।

महिला संघको निर्वाचनको समीक्षा गर्न दियालो फुडल्यान्ड वसुन्धरामा भएको भेलामा समेत पौडेललाई कोषाध्यक्ष सीतादेवी यादवदेखि पूर्वमहामन्त्री प्रकाशमान सिंहले समेत नेतृत्वले महिला संघको निर्वाचनमा भएको धाँधली टुलुटुलु हेरर बसेको र निर्वाचनमा नेताहरूले क्रियाशीलता नदेखाएको भन्दै चर्कों आलोचना भएको थियो । पार्टीको पौडेलसमूहका नेताहरूले उपगुट र आफू निकटकालाई मात्र भोट मागेको, एकल मतदान गरेको जस्ता गुनासा गरेका थिए । मन्त्रिमण्डल गठन हुँदा आफ्नो गुटलाई ४० प्रतिशत चाहिने माग गर्ने पौडेल समूहलाई महिला संघमा जस्तै २ प्रतिशत सिट मात्र सुरक्षित भए आफ्नो गुट नै कमजोर हुने भन्दै केन्द्रीय सदस्यहरूले पनि आलोचना गरेका छन ्। महिला संघको महाधिवेशनमा जस्तै तरुण दलमा पनि ९८ प्रतिशत सिटमा असफलता हात लागेमा झन आलोचित हुने त्रासले पौडेलले तरुण दलमा मिलेर जाऔं भन्ने निष्कर्ष निकालेर देउवाको शरणमा पुगेका थिए ।

तर देउवाले पनि बाल नदिएपछि पौडेल अन्ततः मानसरोवर जाने निष्कर्षमा पुगेका थिए । पौडेलल मंगलबार मानसरोवर नैं बस्ने छन् । पार्टीको १३ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका पौडेललाई तत्कालीन महामन्त्री कृष्णप्रसाद सिटौलाले टक्कर दिएपछि पारजित भए । पार्टीमा मात्रै होइन, पार्टीको भातृसंस्था नेविसंघ र महिला संघमा लज्जास्पत पराजय बेहोरेपछि बिरक्तिएर मानसरोवर गएका हन् । यता देउवालाई भने सिटौला समूहसँगको गठबन्धन गरेर नै अघि बढ्नुपर्ने दबाब बढी रहेको छ । पौडेल समूहलाई भातृ संस्थामा स्थान दिए आपूmहरू कमजोर हुनसक्ने भन्दै सिटौला समूहलाई नै साथमा लिएर तरुण दलमा जान सुझाव दिएको छ । पौडेललाई उनकै गुटका प्रकाशमान सिंह, डा. रामशरण महत, डा. शसांक कोइराला, डा. शेखर कोइराला, सुजाता कोइराला, आनन्दप्रसाद ढुंगाना, बलबहादुर केसीलगायत नेता रिसाएका छन् । उनीहरूले महिला संघमा समीकरण गर्न नसकेको र सधँै सिटौलालाई वासपास गर्न खोज्दा आपूmहरू २ प्रतिशतमा सीमित भएको भन्दै गुनासो गरेका थिए । केसीले आफुलाई अन्तिम समयमा आएर मन्त्री बन्न नदिएको भन्दै पौडेलसँग क्रुद्ध भएका हुन् । पौडेलले भातृ संस्था तरुण दलमा आफूलाई सहयोग गर्न भन्दै अर्का शक्तिशाली नेता खुमबहादुर खड्कासँग पनि पुगेका थिए । खड्काले पनि उनको प्रस्ताव ढिलाइ भइसकेको जवाफ दिएका थिए । –