रोल्पा- नेपाली सेनाको खड्ग दल गण, रोल्पाले तारा माध्यकिक बिद्यालय, वामरुकलाई नवनिर्मित अपांगमैत्री शौचालय हस्तान्तरण गरेको छ । बिहीबार विद्यालय परिसरमा आयोजित एक कार्यक्रममा सेनाका मध्यपश्चिम पृतनापति उपरथी राजेन्द्र कार्कीले शौचालयको चाबी विद्यालयका प्रधानाध्यापक ओविलाल महरालाई हस्तान्तरण गरेका हुन् ।
गणका सैनिकले श्रमदान गरी निर्माण गरेको सो आधुनिक शौचालयमा तीन वटा कोठा रहेका छन् । शौचालय निर्माणपछि विद्यालयमा अध्ययनरत अपांग बालबालिका लाभान्वित हुने प्रधानाध्यापक महराले बताउ। सदरमुकाम नजिक रहेपनि भौतिक पूर्वाधारको समस्या भोग्दै आएको सो विद्यालयले सेनाको सहयोगमा निर्मित शौचालयबाट केही राहत पुग्ने अभिभावकले बताएका छन् ।
शौचालय निर्माणमा सेनाको श्रमदानसहित करीब रु साढे पाँच लाख खर्च भएको खडग दल गणका गणपति अजय गुरुङले जानकारी दिए । खड्गदल गण रोल्पाले जिल्लावासीको सहकार्यमा थुप्रै विकास निर्माणका काममा सहयोग गरिरहेको बताइएको छ ।
प्रतिक्रिया