‘सिनिडकेट’ विरुद्ध सरकारले चाल्याे नयाँ कदमः चाहेको सडकमा सवारी साधनलाई अनुमति दिन विभागकाे निर्देशन

‘सिनिडकेट’ विरुद्ध सरकारले चाल्याे नयाँ कदमः चाहेको सडकमा सवारी साधनलाई अनुमति दिन विभागकाे निर्देशन


काठमाडौँ- यातायात व्यवस्था विभागले देशभरका यातायात व्यवस्था कार्यालयलाई जुनसुकै सडकमा अनुमति लिन आउने यातायात कम्पनीका सवारी चल्न पाउने गरी रुट इजाजत दिन निर्देशन दिएको छ । विभागले देशभरका सबै कार्यालयलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो ।

यो निर्देशनपछि देशभरका यातायात एकाधिकार (सिण्डिकेट) हट्ने विश्वास गरिएको छ । राजधानीकै धेरै सडकमा एउटै यातायात समितिका सवारी मात्र सञ्चालन हुँदै आएको छ । यसले यात्रु मारमा पर्ने गरेका छन् । विभागले चैत १८ गते आइतबार यातायातसम्बन्धी पुराना तीनवटा निर्दे्शिका कार्य्विधिलाई संशोधन गर्दै छवटा नयाँ जारी गरेको थियो । संशोधन एवम् नयाँ जारी भएका निर्दे्शिका कार्य्विधिबमोजिम कार्यालयलाई पत्राचार गरिएको विभागका प्रवक्ता तुलसीराम अर्यालले  जानकारी दिए ।

विभागले नयाँ रुट परमिट लिन यातायात समितिको सिफारिश लिनुपर्ने व्यवस्था पनि हटाएकाले अब जुनसुकै कम्पनीका सवारी सबै सडकमा निर्बाध गुड्न पाउने उहाँले बताए । यातायात कम्पनीलाई विभागमा पञ्जीकरण भई रुट परमिट लिन यातायात कार्यालयमा निवेदन दिन पनि विभागले आह्वान गरेको छ ।