भारतसँगको भ्रम र असमझदारी हटेको छ : प्रधानमन्त्री ओली

भारतसँगको भ्रम र असमझदारी हटेको छ : प्रधानमन्त्री ओली


नयाँदिल्ली – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको भ्रम र असमझदारी हटेको बताएका छन् । शुक्रबार नयाँदिल्लीस्थित नेपाली दूतावासमा प्रवासी नेपालीहरुले गरेको कार्यक्रममा उनले भारतमा बस्ने नेपालीले छिमेकीसँगको सम्बन्ध तनावपूर्ण हुन्छ कि भनेर चिन्ता नगर्न आग्रह गरेका हुन् ।

‘छिमेकीसँग सम्बन्ध तनावपूर्ण हुन्छ भन्ने चिन्ता नगर्नुहोला’ उनले भने ‘भारतसँगका भ्रमहरु हटेका छन्, असमझदारीहरु छैनन् अब ।’ छिमेकीहरुसँग समानता, बराबरी र पारस्परिक सहयोगात्मक सम्बन्ध विकास गर्ने बताउँदै प्रधानमन्त्री ओलीले भारत र चीन दुबै छिमेकीको साथ लिएर अघि बढ्ने बताए ।