नेपालको नयाँ नक्साले पायो संवैधानिक मान्यता, राष्ट्रपतिबाट प्रमाणीकरण

नेपालको नयाँ नक्साले पायो संवैधानिक मान्यता, राष्ट्रपतिबाट प्रमाणीकरण


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ प्रमाणीकरण गरेकी छन् ।

राष्ट्रपति भण्डारीले लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नेपालको नयाँ राजनीतिक नक्सा संविधानको धारा २७४ को उपधारा (१०) बमोजिम प्रमाणीकरण गरेकी हुन् । योसँगै नेपालको नयाँ नक्साले संवैधानिक मान्यता पाएको छ ।

निशान छाप परिर्वतन गर्ने संविधान संशोधन विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको थियो ।