काठमाडौं– अभिनेत्री रेखा थापा दुर्घटनामा परेकी छन् । हाल राप्रपाकी नेत्री समेत रहेकी थापा सवार कार दुर्घटनामा परेको प्रहरीले जनाएको छ । थापा आफैले चलाइरहेको कारलाई बुधबार दिउसो चावहिलमा एक मालबाहक ट्रकले ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट थापाको कारमा क्षती पुगेको छ । उनलाई चोटपटक भने लागेको छैन् ।
ट्रक चालकलाई गौशाला प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
प्रतिक्रिया