राति १० बजेपछि देउसी नखेल्नु, पटका पड्काए कारबाही

राति १० बजेपछि देउसी नखेल्नु, पटका पड्काए कारबाही


धनगढी– कैलाली प्रशासनले तिहारमा खेलिने देउसीभैलोलाई मर्यादित बनाउन अपील गरेको छ।

 

 

 

देउसीभैंलोको नाममा रकम तोकेरै लिने गरेको दृष्टान्त समेत रहेका बेला कैलाली प्रशासनले सूचना जारी गर्दै मर्यादित र सभ्य रुपमा प्रस्तुत हुन भनेको हो। यस वर्षको तिहार आगामी कात्तिक ४ गते रहेको छ। प्रशासनले देउसीभैंलो राति १० बजेसम्म मात्र खेल्न आग्रह गरेको छ।

 

 

 

प्रशासनले तिहार तथा छठ पर्वको अवसरमा भूइचम्पा, पटाका, आतिशबाजी जस्ता विष्फोटक पदार्थको उत्पादन, आयात, निर्यात, बिक्री वितरण र प्रयोगमा रोक लगाएको छ ।

 

 

 

पटाका, आतिशबाजी जस्ता विष्फोटक पदार्थको प्रयोगले सर्वसाधारण जनताको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले यस्ता पदार्थको बिक्री वितरण र प्रयोग नगर्न प्रशासनले आग्रह गरेको छ। यदि यसो गरिएको पाइए कारबाही हुने चेतावनी पनि कार्यालयले दिएको छ।