बझाङ – बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ को मल्लेसीमा शनिबार बिहान गएको पहिरोमा पुरिएकाहरुको उद्धार गर्न गएको नेपाली सेनाको जीप दुर्घटनामा परेको छ । नेपाली सेनाले उद्धारमा आउनका लागी भाडामा लिएको से १ ज ४७७ नम्वरको जीप दुर्घटनामा परेको हो ।
केदारस्युँ गाउँपालिकाको वडा नम्बर ४ बाग्थला नजिकै सेनाको गाडी दुर्घटनामा परेपनी कुनै क्षती नभएको संग्राम सार्दुल गुल्मका गुल्मपति (सेनानी) तारा बहादुर खड्काले बताए । गाडीमा नेपाली सेनाका उपसेनानी शिव श्रेष्ठ सहित १५ जना सवार रहेका थिए । बुङगल र बागथलाबाट नेपाली सेना पनि पुगिसकेको सेनानी खड्काले बताए ।
कालगा हाईडाेको सुरक्षामा बागथला खटेको टोली उद्धारका लागी आउँदै गर्दा केदारस्युँ गाँउपालिका वडा नं. ४ बाग्थलामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
गएराती अविरल वर्षासँगै गाउँमाथिबाट आएको पहिरोले केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसीका १७ घर बगाएको हो । यस्तै उक्त पहिरोमा परी बेपत्ता भएका मध्ये ५ जनाको शब भेटिएको छ भने ३ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया