प्रदेश ७ का ६२ गाउँपालीका अध्यक्षकाे माग : ‘स्थानीयतह बाटै बजेट खर्च गर्न पाँउ’

प्रदेश ७ का ६२ गाउँपालीका अध्यक्षकाे माग : ‘स्थानीयतह बाटै बजेट खर्च गर्न पाँउ’


धनगढी- जिल्ला समन्वय समितिका संयोजकहरुले भूमिका खोजीरहेका बेला आउने बजेट स्थानीयतहबाटै खर्च गर्ने ब्यबस्था गर्न ७ नम्बर प्रदेशका गाउँपालीकाका अध्यक्षहरुले आर्थिक मामिला तथा योजनामन्त्रीलाई आईतबार निवेदन गरेका छन् ।

७ नम्बर प्रदेशका ६२ वटा गाउँपालीकाका अध्यक्षहरुले हस्ताक्षर गरेर आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरालाई निवेदन गरेका हुन । उनिहरुले स्थानीयतहको संस्थागत निर्णय अनुसार बजेट खर्च गर्न पाउने ब्यबस्था गर्न माग गरेका हुन् ।

‘सिंहदरवारको अधिकार गाउँमा दिने भन्ने’ तर ‘गाउँको अधिकार खोसीने अबस्था नआओस’ भन्नका लागि आफुहरुले आर्थिक मामिला तथा योजना मन्त्रीलाई निवेदन दिएको डोटीको केआईसिंह गाउँपालीकाका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले बताए । उनले भने,‘कसैलाई भूमिका दिने नाममा कसैको अधिकार खोसिनु हुदैन ।’

यसै, बिच आर्थिक मामिला तथा योजना मन्त्री बोहराका प्रेस सल्लाहकार भरत बोहराका अनुसार प्रदेश ७ का ८८ वटै स्थानीयतहका अध्यक्षहरु संग सरकारले ल्याउन लागेको आंशिक बजेटका बिषयमा धनगढीमा छलफल गरेको छ । छलफलका क्रममा आर्थिक मामिला तथा योजना मन्त्री बोहराले संघिय सरकारको महशुस गर्नेगरी बजेट ल्याउन लागेको बताएका छन् ।