यसकारण काठमाडौं उपत्यकामा जोखिम बढ्योः डा. रवीन्द्र पाण्डे

यसकारण काठमाडौं उपत्यकामा जोखिम बढ्योः डा. रवीन्द्र पाण्डे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संक्रमित जिल्लाबाट विभिन्न भित्रि बाटो हुँदै हजारौं व्यक्ति काठमाडौं आइरहेका छन् । उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छैन ।

–काठमाडौं उपत्यकाका अधिकांश अस्पतालमा उपचार तथा शल्यक्रिया गर्नुपूर्व पीसीआर टेस्ट गर्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पोजिटिभ देखिएको छ ।

–काठमाडौंका हरेक जसो ठाउँमा संक्रमित फाट्टफुट्ट देखिएका छन् ।

–ट्राभल हिस्ट्री तथा कन्ट्याक्ट हिस्ट्री नभएका बालबालिकादेखि सबै उमेरका व्यक्तिमा संक्रमण पाइएको छ ।

–दर्जनौं स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको छ ।

–विदेशबाट चार्टर फ्ल्याइटमा आइरहेका व्यक्तिलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखिएको छैन । जसले गर्दा उनीहरु घरमा पुगेपछि संक्रमित देखिएका छन् ।

–बजारमा भीडभाड गर्ने, व्यक्तिगत दुरी कायम गर्ने, मास्क लगाउने जस्ता सुरक्षा विधिको अनुगमन र कारबाही गरिएको छैन ।

–सबैभन्दा ठूलो कुरा ४० लाख जनसंख्या भएको काठमाडौं उपत्यकामा एकदम न्यून मात्रामा कोरोना टेस्ट गरिएको छ । जति धेरै परीक्षणको दायरा बढायो, त्यति धेरै संक्रमितको पहिचान हुन्छ । जति धेरै संक्रमितको पहिचान भयो संक्रमितलाई आइसोलेसनमा राखेपछि त्यति धेरै स्वास्थ्य व्यक्तिलाई कोरोना संक्रमण सर्दैन ।

– स्वास्थ्य मन्त्रालय गुणस्तरहीन थोरै सामग्री किनेर अर्बाैंका बिल बनाउन व्यस्त छ । सरकारलाई कोरोना संक्रमण रोकथामबारे सोंच्नेसम्म फुर्सद छैन ।

– आमनागरिकमा डर तथा सतर्कता हराउदै गएको छ । सहि तरिकाले मास्क लगाउनेको संख्या धेरै कम छ । भौतिक दुरी पटक्कै कायम भएको छैन । थुक्ने बानी उस्तै छ । हात धुने, स्यानिटाइजर प्रयोग गर्ने जस्ता सुरक्षाविधिलाई झारा टार्ने प्रवृतिको रुपमा स्थापित छ ।

समाधानका उपाय –

–उपत्यका शिल गर्ने ।

– यहाँ आउनुपर्ने बाध्यता भएका व्यक्तिलाई कि पीसीआर टेस्ट गर्ने कि क्वारेन्टाइनमा राख्ने ।

– विदेशबाट नेपाल आएका व्यक्तिहरुलाई अनिबार्य रुपमा पीसीआर टेस्ट गर्ने । संक्रमितलाई आइसोलेसनमा राख्ने । नेगेटिभ रिपोर्ट आए घर पठाउने अनि होम क्वारेन्टाइनमा राख्ने ।

– सहि तरिकाले मास्क लगाउने, व्यक्तिगत दुरी कायम गर्ने, भीडभाड नगर्ने जस्ता उपायलाई अनुगमन र जरिवाना गर्ने ।

– बैंक, कर कार्यालय, वडा कार्यालय, यातायात कार्यालय, मालपोत, अस्पताल आदि ठाउँमा समय लिएर मात्र सेवा लिने र दिने ।

– अनलाइन प्रविधिलाई सकेसम्म बिस्तार गर्ने ्र गाहकलाई प्रशिक्षित गर्ने । टेलिमेडिसिनको विस्तार गर्ने ।

– यस्तो विपद्मा पनि अनियमित काम गर्ने तथा आफ्नो जिम्मेवारी बहन नगर्ने पदाधिकारीलाई पदमुक्त गर्न दवाव दिने । कानुनी कारबाहीको लागि नागरिकले पहल गर्ने ।

– प्रत्येक वडा कार्यालय, नगरपालिका, महानगरपालिका, सांसद, अस्पताल, स्वास्थ्य मन्त्रालय तथा सरकारलाई दवाव दिएर पीसीआर टेस्ट को दायरा बढाउन जनताले पहल गर्ने । पुलिङ्ग मेथडबाट टेस्ट गर्न दवाव दिने। निजी प्रयोगशालामा पीसीआर टेस्ट गर्न दवाव दिने । दवाव बिना परिक्षणको दायरा बढ्ने लक्षण देखिएन ।

– तरकारी बजारदेखि भीडभाडमा किनमेल गर्न नजाने । नागरिक आफैले सुरक्षाविधि अपनाउने । जेष्ठ नागरिक तथा दीर्घ बिरामीलाई घरभित्र पनि आइसोलेसनमा राख्ने ।