हावाबाट कोरोना भाइरस सर्ने प्रमाण भेटियोः डब्लुएचओ

हावाबाट कोरोना भाइरस सर्ने प्रमाण भेटियोः डब्लुएचओ


एजेन्सी – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले हावाबाट कोरोना भाइरस सर्ने प्रमाण भेटिएको जानकारी दिएको छ ।

यसअघि ३२ देशका २३९ वैज्ञानिकहरुको समूहले गरेको अध्ययनले हावाबाट कोरोना सर्ने भन्दै डब्लुएचओलाई खुला पत्र लेखेर कोरोनाबारेको हालको दिशानिर्देशन संशोधन गर्न सुझाव दिएका थिए ।

महामारीसँग जुध्न डब्लुएचओले गठन गरेको प्राविधिक समूहकी नेतृत्वकर्ता डा. मारिया भान केरखोवले हावाबाट कोरोना फैलिने विषय अहिले अध्ययनमै रहेपनि केहि प्रमाण भेटिएको बताएकी छन् ।

हावाका कणमै कोरोना भाइरस, सतर्कता विधि बदल्न वैज्ञानिकको आग्रह डब्लुएचओले बढी भीडभाड हुने र कम हावा हुने बन्द कोठामा हावाबाटै कोरोना भाइरस फैलिने आशंका अस्विकार गर्न नसकिने जनाएको छ । साथै, यस बारेमा अझै विस्तृत अध्ययन भइरहेको डब्लुएचओले जनाएको छ ।

यसअघि डब्लुएचओले कोरोना भाइरस मुख्यरुपमा व्यक्तिको नाक र मुखबाट निस्केको सुक्ष्म छिटाबाट सार्ने बताएको थियो ।