वामपन्थी शक्तिबीच भएको चुनावी तालमेलको निर्णयबारे भारतले पहिलो पटक मुख खोल्यो

वामपन्थी शक्तिबीच भएको चुनावी तालमेलको निर्णयबारे भारतले पहिलो पटक मुख खोल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका तीन वामपन्थी शक्तिबीच भएको चुनावी तालमेल र पार्टी एकताको निर्णयप्रती भारतले पहिलो पटक आफनो आधिकारीक धारणा सार्वजनिक गरेको छ ।

 

 

 

 

माओवादी केन्द्र,एमाले र नयां शक्तिबीचको चुनावी तालमेल र पार्टी एकता गर्ने निर्णयप्रती भारत असन्तुष्ट बनेको समाचार सार्वजनिक भइरहेको बेला भारतीय विदेश मन्त्रालयले भने यसलाई नेपालको आन्तरिक मामिला भएको बताएको छ ।

 

 

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारले नेपालमा बामपन्थी दलहरुबीचको एकतालाई नेपालको आन्तरिक मामिला भएको बताए । उनले यसबारेमा आफुले टिप्पणी गर्नु समेत अनुचित हुने बताए ।

 

 

विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारकाअनुसार भारतको नेपालमा लोकतान्त्रिक र समावेशी राजनीतिको ढांचाभित्र रही शान्ति, स्थिरता र आर्थिक समृद्धि होस् भन्ने चाहना भएको दाबी गरे । त्यसका लागी नेपालको आग्रहमा भारतले निरन्तर सहयोग गर्ने समेत उनको भनाई थियो ।

 

 

सत्तारुढ दल माओवादी केन्द्र र प्रतिपक्षी दल एमालेबीच चुनावी तालमेल र चुनावपछि पार्टी एकता गर्ने निर्णय भएपछि भारतले सक्रियता बढाएको समाचार सार्वजनिक भएको थियो ।

 

 

 

नेपालस्थित भारतिय राजदूत मंजिवसिंह पुरीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटी बामपन्थी गठवन्धन बनेकोमा असन्तुष्टि जाहेर गरेका थिए । उनले एमालेसंग नमिल्न दबाव समेत दिएको समाचार सार्वजनिक भएको थियो ।