प्रहरी दिवशकै दिन सर्वेन्द्र खनाल र डिएसपी पाठकले पाए निकै ठुलो सम्मान

प्रहरी दिवशकै दिन सर्वेन्द्र खनाल र डिएसपी पाठकले पाए निकै ठुलो सम्मान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौैं–नेपाल प्रहरीका एक जना डिआईजी र एक डिएसपीलाई एएफसीले सम्मानित गरेको छ । नेपाल प्रहरीले प्रहरी दिवस मनाई रहदा मलेसियाबाट नेपाल प्रहरीका लागी खुशीको खबर आएको हो ।

 

 

 

फुटबलमा भएको म्याच फिक्सिङको पर्दाफास गर्न सफल नेपाल प्रहरीका डिआईजी सर्वेन्द्र खनाल र डिएसपी सुदीप पाठकलाई एसियन फुटबल एशोसियसन (एएफसी)ले सम्मानित गरेको हो ।

 

 

 

एएफसीका महासचिव डाटो वाइन्डसोर जोनले डिआईजी खनाल र डिएसपी पाठकलाई मलेसिया बोलाएर म्याच फिक्सिङ अनुसन्धानको प्रशंसा गर्दै धन्यवाद दिएका हुन् ।

 

 

 

खनाल महानगरीय अपराध महाशाखको प्रमुख रहदा उनले म्याच फिक्सिङमा संलग्न राष्ट्रिय टोलीका कप्तान सागर थापासहित पाँच खेलाडी पक्राउ परेका थिए । पाठक घटनाको अनुसन्धान अधिकृत थिए ।

 

 

‘डिआईजी सर्वेन्द्र खनाल र डिएसपी सुदीप पाठकलाई स्वागत गर्न पाउदा खुसी लागेको छ,’ शुक्रबार आयोजित कार्यक्रममा एएफसीका महासचिव जोनले भने,‘नेपाल सरकारले म्याच फिक्सिङसम्बन्धि कानुन बनाएकोमा खुशी लागेको छ । खेलकुदमा हुने अस्वस्थ्य गतिविधि रोक्न यसले सहयोग पुग्ने छ । अरु देशले पनि नेपालबाट सिक्नुपर्दछ ।’

 

 

एएफसी र अपराध महाशाखाबीचको सहयकार्यले म्याच फिक्सिङविरुद्धको कारबाहीमा कोशेढुङगा सावित भएको छ ।