कम्युनिस्ट पार्टी एक हुँदा झस्किनुपर्दैन, आवश्यकताअनुसार कांग्रेससँग सहकार्य हुन्छ : प्रचण्ड

कम्युनिस्ट पार्टी एक हुँदा झस्किनुपर्दैन, आवश्यकताअनुसार कांग्रेससँग सहकार्य हुन्छ : प्रचण्ड


काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट पार्टी एक हुँदा नझस्किन आग्रह गरेका छन्।

 

 

संसदको चार वर्षे कार्यकालको अन्तिम दिन शनिबार संसद बैठकमा पार्टीगत धारणा राख्दै प्रचण्डले ‘कम्युनिज्म’ आइहाल्यो झैँ गरी भएका चर्चा विडम्बनापूर्ण भएको बताए।

 

 

 

प्रचण्डले भने, ‘‘कम्युनिस्ट एकता र तालमेलको कुरा भएको छ, सहमतिको घोषणा हुनुअघि पनि मैले प्रधानमन्त्रीलाई यो कसैकाविरुद्ध परिलक्षित छैन भनेको छु।’
अध्यक्ष प्रचण्डले वाम तालमेल सरकार ढाल्ने र सरकारविरुद्धको नभएको बताए ।

 

 

 

प्रचण्डले आगामी दिनमा कांग्रेससँग पनि सहकार्य हुन सक्ने बताए। ‘कांग्रेससँग जुन सहमति गर्दा देशलाई हित हुन्छ, त्यतिबेला कांग्रेससँग सहकार्य गर्छौँ यो लुकीछिपी, षड्यन्त्र होइन। सबैसँग आवश्यकताअनुसार सहकार्य हुन्छ,’ उनले भने।