नक्कली सुन प्रकरणमा छानविन गर्न एसएसपी थापाको नेतृत्वमा समिति गठन

नक्कली सुन प्रकरणमा छानविन गर्न एसएसपी थापाको नेतृत्वमा समिति गठन


काठमाण्डु – महानगरीय प्रहरी कार्यालयले काठमाण्डुको कमलादीमा नक्कली सुन बरामद गरेको विषयमा छानबिन गर्न छानबिन समिति गठन गरेको छ ।

प्रहरी कार्यालयले अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाको कमान्डमा बुधबार पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा एसएसपी किरण वज्राचार्य, एसपी सोमेन्द्रसिंह राठौर, डिएसपीहरु दुर्गा दाहाल र राजकुमार केसी रहेका छन् ।

मंगलबार बिहान काठमाण्डु प्रहरी परिसरले दुई थान पेस्तोलसहित आधा किलो सुन, साढे १४ किलो चाँदी बरामद गरेको जनाएको थियो । तर उक्त सामान बरामद गरे पनि गाडी भने भाग्न सफल भएको र अन्य निकायमा समेत जानकारी नभएपछि घटना रहस्यमय बनेको थियो ।

प्रहरीले सार्वजनिक गरेको गाडी नम्बर समेत नक्कली भएको पत्ता लागेपछि छानबिन समिति गठन भएको हो ।