प्रदेश न ७ : ‘प्रदेश स्वच्छ र स्वस्थ अभियान’ : झाडु बोकेर सरसफार्इमा निस्किए मुख्यमन्त्री

प्रदेश न ७ : ‘प्रदेश स्वच्छ र स्वस्थ अभियान’ : झाडु बोकेर सरसफार्इमा निस्किए मुख्यमन्त्री


धनगढी  –  प्रदेश न ७ सरकारले ‘प्रदेश स्वच्छ र स्वस्थ अभियान सुरू गरेकाे छ ।  आज बिहानै आफ्नै कार्यलयको प्राङणमा सबै मन्त्री सहित योगा शुरु गरेका मुख्य मन्त्री त्रिलोचन भट्टले त्यसको केही घण्टामा झाडो बोकेर शहरको सरसफाईमा निस्केका थिए ।

सरकारले आफ्नो निती तथा कार्यक्रममा समेत प्रथमिकताका साथ राखेको यो अभियान आज निकै तामझामका साथ शुरु गरेको छ । ‘स्वास्थ्य प्रति जिम्मेवार सम्बृद्धिको आधार’ भन्ने नाराका साथ नयाँ बर्षको पहिलो दिन नै यो अभियान शुरु भएको हो ।

अभियान शुरु गर्दै मुख्य मन्त्री भट्टले प्रदेश भित्रका शहरदेखि गाउँटोलसम्म स्वच्छ र स्वस्थ राख्न अभियानलाई निरन्तरता दिने बताए । सरसफाई अभियनमा प्रदेश सरकारका मन्त्री, सांसद , नेपाली सेना, नेपाल प्रहरी, विभिन्न दलका नेता तथा कार्यकर्ता र सर्वसाधरणको सहभागिता रहेको थियो ।