बिवादस्पद ब्यापारी सुमार्गी विप्लव माओवादीको निशानामा, यस्तो छ विप्लव माओवादीको पोखरा बैठकको निर्णय

बिवादस्पद ब्यापारी सुमार्गी विप्लव माओवादीको निशानामा, यस्तो छ विप्लव माओवादीको पोखरा बैठकको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अदालतले धमाधम भ्रष्टहरुलाई सफाई दिदै जान थालेपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले उनीहरुमाथी एक्सन लिने निर्णय गरेको छ  ।

 

 

 

२०७४ असोज १९ देखि २१ सम्म पोखरामा बसेको उक्त पार्टीको केन्द्रीय कमिटीको बैठकले भ्रष्टाचार गर्ने उच्च तहका कर्मचारी र कालोधनका आधारमा रातारात अर्बौपति भएकाहरुलाई कारबाही गर्ने निर्णय गरेको छ ।

 

 

 

 

यसअघि स्थानीय निकायको विकास निर्माणको बजेटमा अनियमितता गर्ने कर्मचारीहरुलाई कालोमोसो दल्ने कारबाही गर्दै आएको विप्लव माओवादीले अब उच्च तहका  कर्मचारी र ठुला ब्यापारीलाई पनि निशाना बनाउने भएको छ ।

 

 

विप्लवको पोखरा बैठकले पदको दुरुपयोग गर्दै भ्रष्टाचार गरेको मुद्दा खेप्दै आएका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणी शर्मा र आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई कारबाहीको सुचीमा राखेको थाहा भएको छ । व्यापारीहरुमा अजयराज सुमार्गीलाई पनि कारबाहीको सुचीमा राखेको स्रोतको दाबी छ । सुमार्गीको ५ अर्ब विदेशबाट आएको रकम स्रोत नखुलेकाले राष्ट्र बैंकले रोकेको छ ।

 

विप्लव नेतृत्वको पार्टीको बैठकले जनमैत्री अस्पताललाई पनि कारबाही गर्ने निर्णय गरेको स्रोतको दाबी छ । जनमैत्री अस्पताल लिटिल एन्जेल्स स्कुलका मालिक उमेश श्रेष्ठ र गृहमन्त्री जनार्दन शर्माको हो ।  विप्लव माओवादीको बैठकले सेबोटेज गर्ने निर्णय समेत गरेको आजको साघुं साप्ताहिकमा समाचार  छ ।