सहसचिवमाथि बोत्तल प्रहार गर्ने कर्मचारी संगठनका नेता !

सहसचिवमाथि बोत्तल प्रहार गर्ने कर्मचारी संगठनका नेता !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) का महासचिव प्रभाषकुमार शाहले सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव बलराम रिजाललाई दुव्र्यवहार गर्दै पानीको बोतल प्रहार गरेका छन्।

 

 

 

कर्मचारी सरुवामा असन्तुष्ट केही पक्षले सहसचिव रिजाललाई बारम्बार धम्क्याउने र दुव्र्यवहार गर्ने क्रम बढेपछि उनले सामान्यबाट अन्यत्र सरुवा मागेका छन्। उक्त संगठन माओवादी केन्द्रनिकट कर्मचारी संगठन हो।

 

 

सरुवासम्बन्धमा विवाद भएपछि गत शुक्रबार महासचिव शाहले सहसचिव रिजालमाथि दुव्र्यवहार गरेका हुन्। सामान्यका अनुसार केही कर्मचारीको सरुवाबारे छलफल गर्न गएका शाहले सरुवामा मनपरी गरेको भन्दै सहसचिव रिजाललाई सुरुमा धम्क्याउँदै कार्यकक्षमा राखिएको पानीको बोतलले आक्रमण गर्न खोजेका थिए। तर, सँगै रहेका अन्य कर्मचारीले उनलाई रोकेका थिए।

 

 

 

राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि रावलले भने सहसचिव रिजाल र शाहबीच सामान्य असमझदारी मात्रै भएको र विवाद समाधान भइसकेको दाबी गरे। ‘दुव्र्यवहारभन्दा पनि दुई पक्षबीच केही विवाद भएको हो, अब मिलिसकेको छ’, अध्यक्ष रावलले भने।

 

 

 

 

सामान्यले सहसचिव रिजालमाथि कर्मचारी सरुवालाई लिएर बारम्बार धम्की र आक्रमण हुन थालेपछि आइतबारदेखि प्रहरी सुरक्षा मागेको छ। प्रहरीले आइतबारदेखि मन्त्रालयमा सुरक्षा दिन थालेको सामान्यले जनाएको छ। सामान्यले स्थानीय तहमा कर्मचारी पठाउनकै लागि केही महिनायता १५ सयभन्दा धेरै कर्मचारी सरुवा गरेको छ।

 

 

 

 

केही दिनअघि मात्रै उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमका तत्कालीन सांसद शिवजी यादवले आफ्नी छोरीको सरुवा नसच्याएको भन्दै सहसचिव रिजाललाई अभद्र व्यवहार र गाली गलौज गरेका थिए।

 

 

 

 

 

केही साताअघि सरुवाकै विषयमा केही ट्रेड युनियनका पदाधिकारीले समेत उनलाई गाली-गलौज र अपमानित गरेका थिए। सहसचिव रिजालले कर्मचारी सरुवाको दबाब सहन नसकी मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीसँग सरुवाको माग गरेको स्रोतले बताएको छ। आजको अन्नपुर्ण पोष्टमा खबर छ ।