‘गुण्डा नाइके’ गणेश लामा अब कांग्रेसका नेता

‘गुण्डा नाइके’ गणेश लामा अब कांग्रेसका नेता


काठमाडौं– नेपाल लोकतान्त्रि फोरममा रहेका ‘गुण्डा नाइके’ गणेश लामा अब नेपाली कांग्रेसका नेता बनेका छन्।

 

सोमबार नेपाली कांग्रेस र फोरमबीच पार्टी एकता भएपछि फोरमका अध्यक्ष विजयकुमार गच्छदारसँगै लामा पनि कांग्रेसमा समाहित भएका हुन्।

 

सोमबार बालुवाटारस्थित प्रधानमन्त्री कार्यालयमा भएको एकता सभामा लामा प्रधानमन्त्री शेरबहादुर देउवा, विजयकुमार गच्छदार, रामचन्द्र पौडेसहित शीर्ष नेताको ठिक्क पछाडिपट्टि बसेका थिए।

 

उनी नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य हुन्। दोस्रो संविधानसभा चुनावमा उनी फोरम लोकतान्त्रिकका लागि काभ्रेबाट उम्मेदवारी दिएका थिए।

उनीविरुद्ध विशेष अदालतमा दायर मुद्दा विचाराधिन छ।

 

अपराधिक पृष्ठभूमी भएका यस्ता ‘डन’हरूलाई राजनीतिक दलले संरक्षण दिँदै आएको नौलो होइन। केही अघि दीपक मनाङेलाई एमालेले पार्टी प्रवेश गराएको थियो।

 

 

यस अघि गुण्डा नाइके दीपक मनाङेलाई एमालेले पार्टी प्रवेश गराएको थियो।