ललितपुरको मेडिसिटी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

ललितपुरको मेडिसिटी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु


काठमाण्डु – नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार ललितपुरको मेडिसिटी अस्पतालमा ६४ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

साउन १५ गते अस्पताल भर्ना भएका उनी निमोनिया र मधुमेहको रोगी थिए । ती पुरुषको सोमबार बिहान ६ बजे मृत्यु भएको ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालले जानकारी दिए ।