चितवनमा कोरोना संक्रमित डाक्टरलाई सामाजिक बहिस्कार !

चितवनमा कोरोना संक्रमित डाक्टरलाई सामाजिक बहिस्कार !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चितवनमा एक जना कोरोना संक्रमित चिकित्सकलाई सामाजिक बहिस्कार गरिएको छ ।

पूर्वी चितवनको रत्ननगर बकुलहर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विश्ववन्धु बगाले कोरोना संक्रमित भएको भन्दै समाजसेवीले घरमा ब्यानर टाँस्ने प्रयास गरेका हुन् ।

शुक्रबार बिहान करिव ८ बजे टोल सुधार समितिकी सुशीला ढकालको नेतृत्वमा टोलसुधार समितिका केही मान्छे जम्मा भएर घरअगाडि ‘कोरोना संक्रमितको घर’ भन्ने ब्यानर टाँस्ने प्रयास गरेका हुन् ।

डा. बगालेले घटनाबारे बेलिबिस्तार लगाउँदै भनेः

हाम्रो स्वास्थ्यको चिन्ता गरी हामीलाई हौसला प्रदान गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद दिन चाहान्छौं । हामीलाई कुनै समस्या छैन् । हामी घरको मूल ढोकामा भित्रबाट चाबी लगाएर ‘स्व शील’ भई बसेका छौं । हामीलाई हौसला दिनुको साटो ‘कोरोना संक्रमितको घर’ भन्ने फ्लेक्स ब्यानरसहित एक झुण्ड समाजसेवीहरु बिहान मेरो घर बाहिर आएको देख्दा अचम्मित छु । यस्ता मानसिकता भएका छिमेकी हुनुभन्दा नभएकै जाती । तपाईहरुका छिमेकी यस्ता नपरुन सबैलाई हाम्रो कामना । सामाजिक बहिस्कारको पीडा अरुलाई नपरोस । आत्मबल कमजोर भएकाहरु तिमीहरुका यस्ता हर्कतबाट नमरुन ।