कांग्रेस नेतृ डिनाले समानुपातिकमा बस्न अस्विकार गरिन्,हेटौडा– २ बाट प्रत्यक्षमा चुनाव लड्ने तयारी

कांग्रेस नेतृ डिनाले समानुपातिकमा बस्न अस्विकार गरिन्,हेटौडा– २ बाट प्रत्यक्षमा चुनाव लड्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसमा शिर्ष नेताहरु नै समानुपातिकमा बस्न लुछाचुंडी गरिरहेका बेला केन्द्रिय सदस्य डिना उपाध्यायले भने आफु प्रत्यक्षमा लड्ने अडान राखेकी छन् ।  

 

 

 

कांग्रेसमा कृष्ण सिटौला,बालकृष्ण खांडलगायत एक दर्जन केन्द्रिय नेताहरु समानुपातिकमा बसेका छन् । तर,केन्द्रिय सदस्य उपाध्यायले भने आफु प्रत्यक्षमा लड्न पाउनुपर्ने दाबी गरिरहेकी छन् ।

 

 

 

प्रधानमन्त्री शेरबहादुर देउवा निकट नेता भनेर चिनिएकी उपाध्यायलाई समानुपातिकमा बस्न सभापति देउवासहित प्रकाशशरण महत,पुर्णबहादुर खड्काले सुझाव दिएपनि उनले भने मकवानपुर–२ बाट चुनाव लड्ने तयारी गरेकी छन् ।

 

 

 

उपाध्यायको नाम समानुपातिकमा राखेपनि उनले आफनो नाम हटाउन पार्टी नेतृत्वलाई आग्रह गरेकी छन् । पुर्वमन्त्री समेत रहेकी उपाध्यायले आफु प्रत्यक्षमा चुनाव लड्न पाउनुपर्ने अडान राखेपछि कांग्रेसमा हलचल पैदा भएको छ ।

 

 

‘मलाई सबै नेताहरुले समानुपातिकमा बस्न सुझाव दिनुभएको छ,तर,यसपटक मैले प्रत्यक्षमा नै चुनाव लड्ने निर्णय गरिसकेको छु ।’ उपाध्यायले काठमाडौंपाटीसंग भने ।

 

 

उनले यसअघि कांग्रेसको महाधिवेशनमा पनि खुला केन्द्रिय सदस्यमा उम्मेदवारी दिएकी थिईन । महाधिवेशनमा थोरै मतले पराजित उपाध्यायलाई पछि सभापति देउवाले केन्द्रिय सदस्यमा मनोनित गरेका थिए ।