गृहमन्त्रालयको चेतावनीः यातायात व्यवसायी हडतालमा उत्रिए कडा कारबाही हुन्छ

गृहमन्त्रालयको चेतावनीः यातायात व्यवसायी हडतालमा उत्रिए कडा कारबाही हुन्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालयले यातायात व्यवसायी हडतालमा उत्रिए कडा कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयले मंगलबार बिज्ञप्ती जारी गरी यातायात व्यवसायीहरुले देशभरी रुट पर्मिट खुला गरेको विरुद्धमा आन्दोलन गर्न लागेकोप्रति ध्यानाकर्षण भएको जनाउँदै एेन विपरित काम गर्नेलाई  कडा कारबाहीको चेतावनी दिएको हो । यातायात व्यवसायीले हड्ताल गरेमा उनीहरुको सवारी नियन्त्रणमा लिएर चलाइने मन्त्रालयले जनाएको छ ।

नेपाल सरकारले दिएको निर्देशन यातायात व्यवसायीले मान्नुपर्ने बताउँदै मन्त्रालयले नमान्ने संस्थाको दर्ता निलम्बन तथा खारेज गरिने जनाएको छ ।

आवश्यक सेवा ऐन २०१४ अनुसार यातायात व्यवसायीले हडताल गरेमा उनीहरुलाई नियन्त्रणमा लिई कारबाही गर्न सक्ने प्रावधान छ ।

रुट लिनका लागि यातायात समितिको सिफारीस लिनुपर्ने प्रावधान खारेज गरी सरकारले कम्पनी दर्ता अनिवार्य गरेपछि यातायात व्यवसायीले हडतालको तयारी गरेका हुन् ।