वनमन्त्री वस्नेत बने दुई जना अनाथ वालवालिकाका अभिभावक

वनमन्त्री वस्नेत बने दुई जना अनाथ वालवालिकाका अभिभावक


खलङ्गा – वन तथा वातावरणमन्त्री शक्ति वहादुर वस्नेतले अवको शिक्षा वेरोजगार जनशक्ति उत्पादन गर्ने नभई व्यावसायिक र रोगारमूलक हुने वताएका छन् । ‘हामी सवैको इच्छा, अनिवार्य,निःशुल्क आधारभुत शिक्षा’ भन्ने नाराका साथ सञ्चालन भएको विद्यालय भर्ना अभियान २०७५ को बुधवार गृहजिल्ला जाजरकोटको भेरी नगरपालिका १ स्थीत शीव मावीमा आयोजना गरीएको कार्यक्रममा मन्त्री बस्नेतले उक्त कुरा बताएका हुन । वस्नेतले जाजरकोटको कालेगाउमा रहेको डाइनामीक एकेडेमीक सफ्टवेयरमा २ जना अनाथ वालवालकिाहरुलाई भर्ना समेत गरेका छन् ।

मन्त्रि वस्नेतले शीव मा.वि कालेगाउँमा भर्खरै जडान गरीएको सीसी क्यामेराको उद्घाटन समेत गरेका छन् । उनले विद्यालयमा रहेको पुस्तकालय, कम्प्युटर ल्याव र विज्ञान प्रयोगशालाको समेत गरेका थिए ।

भेरी नगरपालिका– १ रावतगाउँका ५ वर्षीय प्रमोद रावतलाई कक्षा १ मा र सोही स्थानकी १२ वर्षीया शर्मीला विकलाई कक्षा ७ मा आफ्नो संरक्षकत्वमा भर्ना गर्दै मन्त्री बस्नेतले उनिहरुलाई उच्च शिक्षासम्मको अध्ययन आफैले गराउने घोषणा समेत गरेका छन् ।

माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री वस्नेतले मन्त्रालयमा रहेका अव्यवहारीक निति नियमलाई समय सापेक्ष रुपमा परिवर्तन गरी संरक्षण र उपयोगमुखी वनाउने बताए । वस्नेतले सरकारले नेपालको लागी आवश्यक पर्ने काठको पूर्ती स्वदेशवाटै गरी विदेश समेत निर्यात गराउने र सो कार्यले लाखौं युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर समेत प्रदान गराउने योजना आफ्नो रहेको बताएका छन् ।