भारतीय क्रिकेटर युवराज सिंहले आफ्नै भाउजुमाथी घरेलू हिंसा गरेको आरोप

भारतीय क्रिकेटर युवराज सिंहले आफ्नै भाउजुमाथी घरेलू हिंसा गरेको आरोप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ऐजेन्सी– भारतीय क्रिकेटर युवराज सिंहमाथी घरेलू हिंसा गरेको आरोप लागेको छ । सिंहसहित उनकी आमा शबनम सिंह र भाई जोरावर सिंहमाथी पनि मुद्दा दर्ता भएको छ ।

 

 

 

भारतीय क्रिकेट टिमका चर्चीत ब्याट्सम्यान सिंहमाथी उनकी भाउजु आकांक्षा शर्माले उजुरी गरेकी हुन । शर्माले टीवी शो बिग बोस मा भाग समेत  लिइसकेकी छन् । आकाक्षांकी वकील स्वाती मलिककाअनुसार युवराजसहित उनकी आमा र भाईविरुद्ध २१ अक्टोम्बरमा घरेलु हिंसा गरेको भन्दै मुद्दा दर्ता भएको हो ।

 

 

 

 

उनकी भाउजु र आमा शबनमको बीचमा घरेलु सामान र सुनको बारेमा बिवाद भएको थियो । उनकी वकील स्वातीले घरेलु हिंसा भनेको शारीरिक हिंसा मात्र नभएको बताईन ।

 

 

 

 उनले आर्थीक उत्पीडन पनि घरेलु हिंसा अन्र्तगत पर्ने बताईन । उनले आकांक्षासंग भएको अन्यायमाथी युवराजले समेत नबोलेको आरोप लगाइन ।