गण्डकी प्रदेशमा थपिए ६७ जना कोरोना संक्रमित

गण्डकी प्रदेशमा थपिए ६७ जना कोरोना संक्रमित


काठमाण्डु – गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ६७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । गण्डकी प्रदेशका विभिन्न ६ वटा जिल्लामा ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये कास्कीका २० जना, तनहुँ ७, बागलुङ ३ जना, लमजुङमा २ जना, स्याङ्जामा २२ जना र पूर्व नवलपरासीमा १३ जना छन् ।

लमजुङको बेसीसहरस्थित रिलायन्स फाइनान्समा कार्यरत दुई जना कर्मचारी र पोखरा महानगरपालिकाका २ जना महिला पार्कल्याण्ड अस्पताल, अमरसिंह चोकमा कार्यरत स्वास्थ्यकर्मी रहेका छन् ।

अन्य सबै व्यक्तिहरु कन्ट्र्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको छ ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २५१४ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा, चितवन मेडिकल कलेज, चितवन र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ६७ जना संक्रमित फेला परेका हुन् ।