काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा ६९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ६२० ,ललितपुरमा ३८ र भक्तपुरमा ३८जना रहेका छन् ।बिहीबार मात्रै ५७२ जनामा संक्रमण देखिएको थियो।
यस्तै पछिल्लो २४ घण्टामा १४ सय ५४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
प्रतिक्रिया