प्रहरीमाथि हातपातको आरोपमा दुई महिला पक्राउ

प्रहरीमाथि हातपातको आरोपमा दुई महिला पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी– धनगढी उपमहानगरपालिकाका दुई महिलालाई प्रहरीमाथि हातपात गरेको आरोपमा शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलालीले थुनामा राखेको छ।

हसनपुर स्थित अनुष्का देउवा र मिलन चोकका अनु अधिकारी सीमापारिबाट शुक्रबार बिहान ८ बजे ५र५ पीस कुर्तासुरुवालका कपडा ल्याउने क्रममा त्रिनगर भन्सारका प्रहरीले अबैध मालसामान रहेको भन्दै उनीहरुलाई रोकिएको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वीरबहादुर बुढामगरले दुबै महिला लामो समयदेखि अवैध मालसामान ओसारपोसार गर्ने गरेको बताए। अवैध कपडा लैजान पाइँदैन भनेपछि ती महिलाहरुले टोलीमा खटिएका प्रहरीमाथि नै हातपात गरेको बुढामगरले बताए।