मन्त्रालयले स्वच्छ खानेपानी र सुन्दर समाजको लक्ष्य लिएको छः खानेपानीमन्त्री मगर

मन्त्रालयले स्वच्छ खानेपानी र सुन्दर समाजको लक्ष्य लिएको छः खानेपानीमन्त्री मगर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बनेपा- खानेपानीमन्त्री विना मगरले खानेपानी मन्त्रालयले शतप्रतिशत स्वच्छ खानेपानी, सफा वातावरणदेखि सफा घरपरिवार र सुन्दर समाजको लक्ष्य लिएको बताएकी छन् ।

आज काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–५ कामीडाँडास्थित कपिर महंकाल खानेपानी तथा सरसफाइ आयोजनाको आज उद्घाटन गर्दै उनले अझै पनि हरेक गृहिणीका दैनिकी पानीप्राप्तिका लागि गरिने संघर्षमा नै बित्ने गरेको चर्चा गरिन् ।

उनले भनिन्, “अझै पनि धेरैजसो गृहिणीको आफ्ना अमूल्य समय पँधेरो धाउँदैमा खेर गइरहेको छ । त्यस्तो अवस्थाबाट समाजलाई विकास र समृद्ध बनाउनु निकै चुनौतीपूर्ण रहेको छ ” ।

उनले गाउँबस्तीको ठाउँ पनि दुर्गम नै रहेको उल्लेख गर्दै गाउँका बस्तीको भौगोलिक विकटताका कारण खानेपानी झन कठिनाइको विषय बनेको उल्लेख गरिन् ।

खानेपानीको निकै समस्या रहेको सो ठाउँमा ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) को आर्थिक सहयोग तथा शान्ति जनआर्दश सेवा केन्द्रको समन्वयमा सञ्चालन भएको उक्त आयोजनाबाट त्यहाँका १४० घरधुरीका ७२९ स्थानीय बासिन्दा लाभान्वित भएका छन् ।

आयोजना समुदायको नगद सहयोग तथा श्रमदान एवं ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको गरी कूल रु ७९ लाख ३८ हजार १६५ को लागतमा सम्पन्न भएको हो ।