बिरामीले नबुझ्ने गरी औषधिको सिफारिस लेख्नुहुन्छ? काउन्सिलकाे कारबाहीमा पर्नुहाेला!

बिरामीले नबुझ्ने गरी औषधिको सिफारिस लेख्नुहुन्छ? काउन्सिलकाे कारबाहीमा पर्नुहाेला!

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– के तपाईँ चिकित्सक हुनुहुन्छ? बिरामी चेकजाँच पश्चात बिरामीले नबुझिने गरी प्रेस्क्रिप्सन अर्थात औषधिको सिफारिस लेख्ने गर्नु भएको छ?

त्यसो हो भने साबधान। कारबाहीमा पर्नुहोला।

नेपाल मेडिकल काउन्सिलले  प्रेस्क्रिप्सन लेख्दा चिकित्सक वा अधिकार प्राप्त स्वास्थ्यकर्मीको आफ्नै पहिचान खुल्ने नाम, थर तथा सम्बिन्धत कार्यालयमा दर्ता भएको प्रमाणपत्र नम्बर समेत खुल्ने गरी लेख्न निर्दशन दिएकाे छ। यदी नियमकाे उल्लंघन गरेमा कारबाही गरिने काउन्सिलले जनाएकाे छ।

 औषधि बिक्रि गर्दा बिक्रेताले प्रेस्कृप्सनमा उल्लेख गरिएको औषधि नै बिक्रि गर्नुपर्ने छ । स्वास्थ्य सेवा प्रदायक संस्थाले बिरामी जँचाएको अभिलेखहरु बिरामीको अन्तिम पटक स्वास्थ्य परीक्षण गरेको समयले कम्तिमा पाँच वर्षसम्म सुरक्षित राख्नुपर्नेछ।

औषधिको नाम, औषधि खानुपर्ने समय तथा अवधि राम्रोसँग बुझिने भाषा, अक्षरमा छापेर वा लेखेर दिन निर्देशन दिएको छ। काउन्सिलले आफ्नो आचारसंहिता २०७३ अनुसार कार्य गर्न सबै चिकित्साकर्मी र स्वास्थ्यकर्मी, स्वास्थ्य सेवा प्रदायक संघसंस्थालाई निर्देशन दिएको हो।

नेपाल मेडिकल काउन्सिलले, नेपाल स्वास्थ्य व्यवसायी परिषद् तथा औषधि व्यवस्था विभागका प्रतिनिधिहरुबीच शुक्रबार बसेको बैठकले बिरामीले नबुझ्ने गरी प्रेस्क्रिप्सन लेख्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई कारवाही गर्ने निर्णय गरेको जनाइएको छ।