वीरगञ्जलाई बजेटले उत्साहित गर्छ : अर्थमन्त्री खतिवडा

वीरगञ्जलाई बजेटले उत्साहित गर्छ : अर्थमन्त्री खतिवडा


वीरगञ्ज – अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आव २०७५\७६ को बजेटले वीरगञ्जलाई उत्साहित गर्ने बताएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघको सहजीकरण तथा अर्थ मन्त्रालयको राजस्व परामर्श समितिद्वारा आज आयोजित राजश्व नीति तथा कार्यक्रम बारे छलफल तथा सुझाव संकलन कार्यक्रममा अर्थमन्त्री खतिवडाले उक्त धारणा राखेका हुन् ।

उनले मुलुकको कूल राजश्वको ५४ प्रतिशतभन्दा बढी राजश्व संकलन हुने आर्थिक नगरी वीरगञ्जलाई आगामी आव २०७५\७६ को बजेटमा प्राथमिकता दिइने उल्लेख गरे । सरकारले देशको अर्थतन्त्र वृद्धिमा योगदान पु¥याउने उद्योग–व्यवसायलाई सहयोग तथा अर्थतन्त्रमा नकारात्मक योगदान पु¥याउने उद्योग व्यवसायलाई निरुत्साहित गर्ने बताउँर्दै मन्त्री खतिवडाले व्यवसाय करको नीति सुधार गर्दै लाने बताए ।

उनले यातायातको सिण्डिकेटजस्तै अन्य व्यावसायिक क्षेत्रको सिण्डिकेट विस्तारै सरकारले तोड्दै लैजाने जानकारी गराउ । उनले खोस्टा भएका पुराना भारतीय रुपैयाँका विषयमा नेपाल–भारत बैठकमा कुरा उठाइ समस्या समाधानका लागि पहल गरिने बताए ।