काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले केन्द्रिय सदस्य झकबहादुर मल्ल सुदीपलाई पार्टीबाट निष्काशन गरेको छ । विप्लव माओवादीका प्रवक्ता खड्कबहादुर विश्वकर्माले मल्ललाई पार्टीबाट निष्काशित गरेको पुष्टि गरेका छन् ।
उनकाअनुसार मल्लले पार्टीको निति विपरीत आर्थिक संकलनका लागि मान्छे अपहरण गर्नेदेखि थुप्रै अपराधिक गतिविधि संचालन गरेका थिए ।
प्रवक्ता विश्वकर्माले बुधवार विज्ञप्ती जारी गर्दै केन्द्रीय सदस्य मल्लले पार्टीमा रहदा लामो समयदेखि ठूलो मात्रामा आर्थिक अराजकता संचालन गरेको भन्दै उनलाई यसअघि नै कार्वाही गरिसकेको स्पष्ट पारेका छन् ।
यता,नेता मल्लले भने आफुले नै पार्टीबाट राजिनामा दिएको बताएका छन् । युवा संगठनको प्रमुख समेत रहेका मल्लले सामाजिक संजाल फेसबुकमार्फत पार्टीको केन्द्रिय सदस्य र युवा संगठनको अध्यक्षबाट राजिनामा दिएको घोषणा गरेका छन् । उनले दुनिया बदल्ने यात्रा भने जारी रहने बताएका छन् ।
विप्लव माओवादीको गत साता पोखरामा सम्पन्न केन्द्रिय समितीको बैठकमा उनले फरक मत राखेका थिए । मल्लमाथी पार्टीलाई जानकारी नदिएर चीन भ्रमणमा गएको आरोप समेत लागेको छ ।
विप्लव माओवादी छोडेका युवा नेता मल्ल नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने तयारीमा छन् । उनले त्यसका लागी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग छलफल समेत गरिसकेका छन् । उनि यसअघि पार्टी नफुट्दा नै वाइसिएलको केन्द्रिय उपाध्यक्ष थिए ।
प्रवक्ता प्रकाण्डले जारी गरेको विज्ञप्तीबारे मल्लले यस्तो भने –
१. मेरो बारेमा जारी विज्ञप्ती विल्कुल झुठा ,निराधार र पुर्वाग्रह पुर्ण रहेको जानकारी गर्दछु ।
२.२५ वर्षे मेरो राजनितिक जीवनमा कहिलै कुनै पनि प्रकारको अराजकता देखा परेको थिएन र छैन । मैले पार्टिमा निरन्तर रुपमा उठाएका विषयलाई विषयान्तर गर्न उक्त विषय उठाइएको हो ।
३. निकृष्ट प्रकारले राजनैतिक चरीत्र हत्या गर्ने उदेश्यले जुन अपहरण लगाएतका विषय उठाइएको छ ,एउटा पनि अपहरण र चन्दा असुलिको घटना स–प्रमाण पेश गर्न चुनौती दिन चाहन्छु ।
४. पार्टिमा जिम्मा लिनु र छोड्नु व्यक्तिको नैसर्गिक अधिकार हो । यसरि निकृष्ट तरिकाले तल्लो स्तरमा झरेर पार्टी छाड्ने नेता कार्यकर्तामाथी विषवमन गर्नु घटिया राजनितिको उपज हो ।
पार्टी प्रवक्ताद्धारा जारी विज्ञप्तीको पूरा पाठ-
प्रतिक्रिया