उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र परिक्षण बन्द गर्ने

उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र परिक्षण बन्द गर्ने


पेन्गुइन – उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र परिक्षण नगर्ने घोषणा गरेको छ । विश्वकै लागि ठूलो तनावको विषयका रुपमा लिएको उत्तर कोरियाको आणविक र क्षेप्यास्त्र परिक्षणलाई तत्कालका लागि बन्द गरिएको उत्तर कोरियाका नेता किम जोङले बताए ।

सत्तारुढ दलको एउटा विषेश बैठकमा नेता किम जोङले शुक्रबार यस्तो घोषणा गरेको कोरियाली केन्द्रीय समाचार संस्थाले जनाएको छ ।
उनको यो घोषणासँगै दक्षिण कोरिया र अमेरिकासँगको वार्ता सकारात्मक तरिकाले अगाडी बढ्ने विश्लेषकहरुले अनुमान गरेका छन् ।
उनले आउदो साता दक्षिण कोरियाका राष्ट्रपतिसँग र त्यसपछि आउदो जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

दुवै देशसँगको वार्ताको तयारी भईरहेका बेला उत्तर कोरियाको तिव्र परिवर्तनका खवरहरु सार्वजनिक भईरहेका छन् । शान्ति र आर्थिक वृद्धिका लागि आफ्नो देशले आणविक र क्षेप्यास्त्र परिक्षणलाई तत्कालका लागि बन्द गर्ने निर्णय लिएको नेत किम जोङले बताए ।

क्षेप्यास्त्र परीक्षणहरू बन्द गर्ने उनको घोषणालाई अन्य देशका नेताहरुले भने स्वागतयोग्य कदम भएको भन्दै प्रशंसा गरेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।“यो उत्तर कोरिया र विश्वकै लागि अत्यन्त खुशीको खबर हो ।” ट्रम्पले यसलाई ठूलो उपलब्धिको रुपमा पनि व्याख्या गरेका छन् ।

ट्रम्पले किम जोङसँगको आफ्नो भेटवार्ता पनि फलदायी हुने संभावना बढेको बताए सञ्चार माध्यमहरुले लेखेका छन् । ट्रम्पले केही दिन अगाडि आगामी मे वा जुनमा किमसँग भेटवार्ता गर्ने तयारी भईरहेको जानकारी दिए ।
सिन्ह्वा\एएफपी