सानिमा बैंकको दुई नयाँ शाखा ताप्लेजुङ्ग र कोहलपुरमा

सानिमा बैंकको दुई नयाँ शाखा ताप्लेजुङ्ग र कोहलपुरमा


काठमाण्डु – सानिमा बैंक लिमिटेडले ताप्लेजुङ्ग र कोहलपुरमा आफ्नो ८१औं र ८२ औं शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा बिस्तार गरेको छ ।

ताप्लेजुङ्ग जिल्ला, फुङलिङ्ग नगरपालिका–५ स्थित ताप्लेजुङ्ग शाखाको समुद्घाटन फुङलिङ्ग नगरपालिकाका मेयर क्षेत्रपति प्याकुरेल र ताप्लेजुङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकारी जरेन्द्र चापागाईंले संयुक्त रुपमा गरे ।

यसैगरी बाँके जिल्ला, कोहलपुर नगरपालिका–११ एन.टि.भि. रोडस्थित कोहलपुर शाखाको समुद्घाटन कोहलपुर नगरपालिकाका मेयर श्री लुट बहादुर राउत र कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले संयुक्त रुपमा गरे ।

बैंकले सो क्षेत्रका बासिन्दाहरुलाई गुणस्तरीय बैंकिङ्ग सेवामा सहज पहुँच हुने विश्वास लिएको जनाएको छ । सानिमा बैंकले हाल ८२ वटा शाखा कार्यालय, १५ विस्तारित काउन्टर र ८१ वटा ए.टि.एम. मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।