‘संशोधन विधेयकले मुलुक थप सङ्कटतर्फ’

‘संशोधन विधेयकले मुलुक थप सङ्कटतर्फ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

दमौली, ८ पुस । नेकपा (एमाले)का सचिव गोकर्णराज विष्टले संविधान कार्यान्वयन गर्ने बेला सरकारले संशोधन विधेयक दर्ता गरेर मुलुकलाई थप सङ्कटतर्फ धकेल्न खोजेको आरोप लगाउनुभएको छ ।

तनहुँका अगुवा कार्यकर्तालाई आज यहाँ प्रशिक्षण दिँदै नेता विष्टले संविधान सशोधन प्रस्ताव तत्काल फिर्ता नभए एमालेले आन्दोलन अझै चर्काउने चेतावनी दिनुभयो ।

प्रशिक्षणमा सहभागी एमाले कार्यकर्ताले चुनावको घोषणा गरी मुलुकलाई समाधान दिन सरकार लाग्नुपर्ने बताउनुभएको थियो । प्रशिक्षणमा तनहुँ क्षेत्र नं २ का जिल्ला कमिटी सदस्य, क्षेत्रीय कमिटीका पदाधिकारी तथा सदस्य, नगर गाउँ तथा वडा कमिटीका पदाधिकारी गरी करिब दुई सयको सहभागिता थियो । एमाले क्षेत्र नं २ तनहुँले आयोजना गरेको ‘संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान’अन्तर्गत प्रशिक्षण कार्यक्रम गरिएको एमाले तनहुँले जनाएको छ । रासस