एमाले-माअोवादी केन्द्रबिच बैसाखभित्रै एकिकरण हुने प्रचण्डको दावी

एमाले-माअोवादी केन्द्रबिच बैसाखभित्रै एकिकरण हुने प्रचण्डको दावी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख महिनाभित्रै एमाले-माअोवादी केन्द्रबिच एकिकरण हुने दाबी गरेका छन् ।  भरतपुरमा संचारकर्मीसंग कुरा गर्दै प्रचण्डले वैशाख १४ भित्र समझदारी हुने र  वैशाख महिनाभित्रै एकता हुने दावी गरेका हुन् ।

प्रचण्डले केही दिन ढिलाई हुँदैमा केही नहुने बताउँदै समय मिलाएर दुवै पार्टीका अध्यक्षले एकता प्रकृयालाई छिट्टै टुंगोमा पुर्याउने बताए । उनले भने, एकिकरणपछि पछुताउनु भन्दा अघि नै समय लिनु राम्रो हो । दुई अध्यक्षले प्रशस्त समय निकाल्यौ भने एकता प्रकृयालाई छिट्टै टुंगोमा पुग्छ । ’

अध्यक्ष प्रचण्डले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा सन्तुलन ल्याउन मद्धत पुग्ने विश्वास व्यक्त गरे ।