काठमाडौं – उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले दाङ उपत्यकाको खानेपानी तथा सिंचाईको समस्या समाधान गर्न राष्ट्रिय गौरवको आयोजनाको रुपमा योजना अघि बढाउने बताएका छन् ।
बुधबार सिंहदरवारस्थित मन्त्री पुनको कार्यकक्षमा मन्त्री पुन र प्रदेश ५ का मूख्यमन्त्री शंकर पोखरेलबिच भएको छलफलमा दाङ उपत्यकाको सिचाईको समस्या समाधानका लागि राष्ट्रिय गौरवको आयोजनाको रुपमा योजना अघि बढाउने बताएका हुन् ।
प्रदेश ५ का मूख्यमन्त्री पोखरेलले दाङ उपत्यकाको खानेपानी तथा सिंचाईको समस्या समाधान गर्न संघीय सरकारले सहयोग गर्नुपर्ने बताएका थिए ।
मन्त्री पुनले दाङको खानेपानी तथा सिंचाईका लागि आफुले पहिलेदेखि नै पहिल गरिरहेको र कर्मचारीलाई आवश्यक निर्देशन समेत दिइसकेको बताउँदै योजनालाई मन्त्रालयले प्राथामिकतामा राखेर सम्पन्न गर्ने प्रतिबद्धता समेत जनाए ।
प्रतिक्रिया