भजनीकाे पृथ्वीपुर छाेटी भन्सारलार्इ मुख्य नाका बनाउन मागसहित प्रचण्डलाई ज्ञापन

भजनीकाे पृथ्वीपुर छाेटी भन्सारलार्इ मुख्य नाका बनाउन मागसहित प्रचण्डलाई ज्ञापन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– कैलाली भजनी नगरपालिकाका नगरबासीले नगरपालिकाको विकासका लागि विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएका छन्।

भजनी नगरपालिका राज्यको मूलधारबाट सधैं ओझेलमा पर्ने गरेको भन्दै उनीहरुले ज्ञापन पत्र बुझाएका हुन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा अध्यक्ष प्रचण्डलाई भेटी नगरबासीले सो क्षेत्रमा निर्माण भएका भौतिक तथा सार्वजनिक संरचनाहरुमा क्षति पुगेको हुँदा त्यसको मर्मत सम्भारको लागि पहल गर्न नगरबासीहरुले अनुरोध गरेका छन्।

ज्ञापनपत्रमा वडा नम्बर ५ स्थित पृथ्वीपुर छोटी भन्सारलाई मुख्य भन्सारका रुपमा विस्तार गरिनुपर्ने, कनरा नदीमा पक्की तटबन्धन गरिनुपर्ने, सिंचाई, विद्युत, शिक्षा, स्वास्थ्य, वन वातावरण, खानेपानी तथा ढल निकास लगायतका समस्याहरु उल्लेख छन्।

नगरबासीले राखेको मागप्रति अध्यक्षले कैलाली आफ्नो चिरपरिचित जिल्ला भएकाले सो क्षेत्रका समस्या समाधानका लागि आफूले पहल गर्ने बताए।